बैतडीमा जात्रा (जाँत) हरुको रौनक सुरु, मौलिकता धरापमा

बैतडी । बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा मेला जात्राहरु (जाँत) को रौनक सुरु भएको छ। पुर्खाहरुले पुस्तौ देखि मनाउंदै आईरहेका मेला जात्राहरुमा पूजाआराधना गर्न र मेलाहेर्न टाढा–टाढाबाट आउने, आफनो कर्मथलो छोडि आ–आफनो जन्मथात फर्कनेहरुको संख्या पनि दिनानु दिन बढ्दै गईरहेको देखिन्छ।

हिन्दुँहरुको माहानपर्ब दशै तथा तिहार सकिए सगै सुदूरपश्चिमका बिभिन्न धार्मिक शक्तिपिठहरुमा हुने मेलापर्ब (जाँत) को रौनक ब्यापक रुपमा बढिरहेको छ। बर्षौ दिनसम्म आफ्ना आफन्तजन, ईष्टमित्र लगायत घरपरिवारसगं छट्टिएर अगल भएर रहेकाहरु, दशै तिहार आफन्तहरुसगं सगै रहेर मनाउन नपाएकाहरु बिशेष गरेर यि यस्ता मेलापर्बहरुमा रमाउने गर्छन।

बर्षमा हुने यि यस्ता मेला पर्बहरुमा आफ्नो–आफ्नो गाउँठाउको रितिअनुसार पुजाआजा गरि मनाईने गरिन्छ। कतिपय ठाउहरुमा बिभिन्न पशुहरुको बलि दिने लगायतका अरु धार्मिक मान्यताहरुको आधारमा पनि पुजाआज गर्ने चलन रहेको छ।

कुनै बेला यि यस्ता मेलापर्बहरुलाई सभ्य र भब्य रुपले सँम्पन्न गर्न देबताका करबारियाहरु नै सक्रिय हुने गर्दथे। तर पछिल्लो समयमा बिभिन्न मेला ब्यबस्थापन समितिहरु गठन गरि मेलालाई सभ्य रुपमा मनाउनु तिर सक्रय हुदै गईरहेका छन।

पहिलेका दिनहरुमा परम्परादेखि नै आफ्नै स्थानीय ठाउँमा बिभिन्न उपभोग्यका समानहरुलाई उत्पादन गरेर तिनिहरुलाई बिक्रि बितरण गर्ने गरिन्थ्यो। अनि त्यसबाट आफ्नो दैनिक गुजारा गर्ने, आर्थिक आयआर्जन गर्ने लगायत परम्परा देखि धार्मिक, सामाजीक, सास्कृर्तिक रुपले मेला पर्बहरुलाई मनाउने चलन रहेको थियो। स्थानिय खानका परिकार, भेषभुषा झल्कीने लुगाा कपडा लाउने चलन थियो। तर पहिलेको तुलनामा मेलापर्बलाई मनाउने तरिका भने बद्लिदै गएको छ।अब न भेषभुसा, न स्थानिय खानाका परिकार, पुरानो चलन केहि देखिदैन्।

समय परिवर्तन हुदै गयो अनि मानिसहरुका हरेक चाहाना र जिवन जिउने शैलि पनि बद्लिदै गयो। समय परिवर्तन भएसंगै परम्परागत रुपमा मनाईने मेला चाडपर्बहरु आध्यात्मिक एवंम धार्मिक तवरले भन्दापनि तडक–भडकमा बढि केन्द्रीत हुंदै गईरहेको स्थानीय सस्कृतिका जानकारहरु बताउछंन।

पहिलेको समयमा हुने मेलापर्बहरुमा बालबालीका देखि बुढापाका सम्मका सबै मानिसहरुमा एउटै प्रकारको उल्लाश हुन्थ्यो। तर आजभोली त्यो हराउदै गईरहेको देखिन्छ। सुदूरपश्चिममा मेलापर्ब हुदा प्राय सबै ठाउमा देउडा खेलिन्थ्यो। देउडा मार्फत देबि देबताका गाधाहरु, धर्म सस्कृकिका कुराहरु, रितिरिवाज, चालचलन अनि रमाईला कुराहरु गरि एक अर्खालाई बिभिन्न प्रकारका प्रशनहरु सोधि सवाल जपाफ गरिन्थ्यो। देउडा खेल्दै गर्दा एक अर्खालाई सोधेको सवालको जवाफ फर्काउदा खेल्ने देउडियाहरु पनि मग्नमुग्ध हुन्थ्ये अनि सबै रमाईलो गर्दै मेलापर्ब मनाईन्थ्यो।

सुदूरपश्चिमका केहि स्थानमा मेलापर्बका अबशर केटा र केटी बिच देउडा दोहरी हुन्थ्यो। देउडाकै माध्यमबाट प्रेम प्रस्ताब राख्दै बिबाहको प्रस्ताब राखिन्थ्यो। देउडाको माध्यमबाट सवाल जवाफ गरिन्थ्यो। सवाल जवाफ मार्फत केटा पक्षको जित भए अथवा दुबै पक्षको मञ्जुरी भए बिहे हुन्थ्यो। तर अहिले आएर त्यो परम्परा हटिसकेको छ।

केहि स्थानमा कुनै मेलापर्ब अनि चाडपर्बहरु जुवातासक खेल्नकै लागी लागि होकि जस्तो परिबेश थियो। थुप्रै जात्रामा खुल्लेआम जुवातास हुने गरेका थियो। तर पछिल्लो समयमा खुल्ले आम रुपले जात्राको अबशरमा जुवातास खेल्ने र खेलाउनेलाई कारबाहि हुने भएपछि जुवातास अनि अन्य अमानबिय कृयाकलापमा भने कमि आउने थालेको छ।

बिभिन्न ठाउमा मेलाको अबशरमा देउडा खेल्दै रमाईलो गर्ने परम्परा रहेको छ। डेउडा खेल्दै रमाईलो गरि बिभिन्न मेला पर्ब मनाउने भएपनि पछिल्लो यो बिचको समयमा देउडा संस्कृति हराउदै गईरहेको छकि जस्तो अनुभब भएको अभास हुन्छ। पछिल्लो समयका युवा पुस्ताहरुले देउडा सस्कृति तर्फ ध्यान नदिदा देउडा सस्कृति लोप हुदै गईरहेको बुढापाकाहरुको भनाई रहेको छ।आजभोलीका मेलामा लाग्ने देउडा खेलमा खेलाडिहरु कम खेलौडा बढि देख्न पाईन्छ। खेलमा सहभागिहरुको न ताल, न तुक मिलेको हुन्छ। सबै लठ्ठ हुन्छन। 

बढ्दो आधुनीकताबादी समाजको निमार्ण भएपछि पछिल्लो पटक देउडा हाल्ने देउडीया हरुको संख्यामा कमि आउन थालेको छ। हुन त पछिल्लो समयका युवा पुस्ताहरुले आफ्नो धर्म सस्कृतिलाई बिर्सदै गईरहेका छन।

सस्कृति जोगाउने र मेला पर्बहरुको मौलिकता बचाउन सबैले लाग्यो भने मात्र मेलापर्बहरु मनाएको अर्थ रहनथ्यो।

मेलामा देखेका कुराहरु (बिचार)

Leave A Reply

Your email address will not be published.