भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। आज आइतवार भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो।

भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो। अस्ट्रेलियाका ट्राभिस हेडले शतक बनाए। हेड १ सय २० बलमा १ सय ३७ रन बनाएर आउट भए। यस्तै मार्नुस लाबुशेन ५८ रनमा नटआउट रहे। बलिङतर्फ भारतका जसप्रीत बुमराहले २ विकेट लिए।

यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए। बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए।

अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो। भारत सन् १९८३ र २०११ को विजेता हो।

Leave A Reply

Your email address will not be published.