बैतडीमा कांग्रेस अधिवेशनः प्रदेश सभाको मतदान सम्पन्न


बैतडी,४ मङ्सिर:
बैतडीमा नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको नेतृत्वका लागि मतदान मतदान सम्पन्न भएको छ । प्रदेश सभा क्षेत्र (क) र (ख) दुबैमा मतदान कार्य सम्पन्न भएको हो ।
प्रदेश सभा क्षेत्र (क) मा मतदान कार्य सम्पन्न भएकोमा ६४५ मत खसेका हुन् । पाटनस्थित महिला विकास कार्यालयको हलमा तोकिएको मतदान केन्द्रमा ४१ वडाका ६९२ जना प्रतिनिधि रहेकोमा ६४५ मत खसेका सहायक मतदान अधिकृत लक्ष्मण बोहराले जानकारी दिनुभयो ।
यस्तै प्रदेश सभा क्षेत्र (ख) शाहिलेकस्थित विरेन्द्र माविमा तोकिएको थियो । बिहान ११ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको मतदान अधिकृत घनश्याम लेखकले बताउनुभयो ।
प्रदेश सभा क्षेत्र (ख)मा ४३ वडाका ७०८ प्रतिनिधि रहेकोमा ६७५ मत खसेको मतदान अधिकृत लेखकले जानकारी दिनुभयो ।
मतदान सम्पन्न भएसंगै आज रातिदेखि नै मतगणना पनि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
यहाँ जिल्ला सभापतिमा चतुरबहादुर चन्द र शिवराज भट्टले आफ्नो छुट्टाछ्ट्टै प्यानल घोषणा गरेर चुनावी मैदानमा रहेका छन् । दुबै प्यानलले आफू संस्थापन प्यानल भएको दाबी गरेका छन् ।
जिल्ला सभापतिमा चन्द प्यानलबाट प्रदेश सभा क्षेत्र (क)का लागि हिमालयबहादुर बम नेतृत्वको टिम चुनावी मैदानमा छ । उक्त टिमको उपसभापतिमा उपसभापतिमा नवीनराज अवस्थी र राजेन्द्रप्रसाद अवस्थी, सचिवमा अमरसिंह धामी र भुवनराज भट्ट र सहसचिवमा गणेशसिंह साउँद र रामचन्द्र महरा चुनावी मैदानमा छन् ।
जिल्ला सभापतिमा भट्ट प्यानलमा प्रदेशसभा क्षेत्र (क)का लागि सभापतिमा विष्णुप्रसाद भट्ट, उपसभापतिमा कर्णबहादुर जागरी र हर्कबहादुर बिष्ट, सचिवमा तेजबहादुर साउँद र रिकेशबहादुर बोहरा र सहसचिवमा अम्बादत्त पन्त र दीपकसिंह धामी चुनावी मैदानमा छन् ।
यस्तै प्रदेश सभा क्षेत्र (ख)का लागि चतुरबहादुर चन्द प्यानलबाट सभापतिमा शिवराज भट्ट, उपसभापतिमा मोहनबहादुर चन्द र नरेशबहादुर चन्द, सचिवमा देवदत्त भट्ट र धनबहादुर क्षेत्री र सहसचिवमा महेशसिंह बिष्ट र महादेवसिंह धनाडीको उम्मेद्वारी चुनावी मैदानमा छन् ।
प्रदेश सभा क्षेत्र (ख)का लागि शिवराज भट्ट प्यानलबाट सभापतिमा महेशदत्त भट्ट, उपसभापतिमा देवबहादुर चन्द र राकेशसिंह बिष्ट, सचिवमा प्रेमबहादुर चन्द र कृष्णबहादुर बोहरा र सहसचिवमा रतनसिंह कार्की र रमेशसिंह मेहता चुनावी मैदानमा छन् ।
प्रदेश क्षेत्रीय अधिवेशनले दुवै क्षेत्रमा ७÷७ जना पदाधिकारी, ७÷७ जना प्रदेश खुल्ला प्रतिनिधि, ३ जना प्रदेश खुल्ला महिला प्रतिनिधि, १ जना दलित प्रतिनिधि, १ जना आदिवासी जनजाती प्रतिनिधि, १ जना अल्पसंख्यक वा अपांग प्रतिनिधि, ३ जना खस आर्य प्रदेश प्रतिनिधि र २ जना खस आर्य महिला प्रदेश प्रतिनिधि चयन गर्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
बैतडीमा कुल एक हजार चार सय एक क्षेत्रिय प्रतिनिधि रहेका छन् । जिल्ला अधिवेशन मङ्सिर ६ गते हुने तय भएको छ ।
विनोद सिंह विष्ट –––

Leave A Reply

Your email address will not be published.