बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिबनाथ देवालयको मन्दिरमा लाग्ने जात्रा (शिबनाथकि जाँत) सुरु भएको छ। हरेक बर्ष कार्तिक सप्तमिको राति (रतेडि) र अष्टमीका दिन लाग्ने (दिउसेडि) मेला आजबाट सुरु भएको छ। आज जात्राको पहिलो रतेडी मेला लाग्दै छ।
शिबनाथ गाउँपालिका-०६ शिबनाथ धुरामा अवस्थित शिबनाथ मन्दिरमा लाग्ने मेलामा तल्लो स्वराड क्षेत्रका तिन पालिका मेलौली नगरपालीक, शिबनाथ गाउपालीका र पञ्चेश्वर गाउपालीकाबाट देउराहरु आउने गरेको वडा अध्यक्ष भरत राम पार्किले बताए। यसैगरि पाटन नगरपालीका, दशरथचन्दँ नगरपालीका लगायतका क्षेत्रबाट समेत देउरा आउने गरेको उनले बताए।
मेला हेर्न र देबताको दर्शन गर्न टाढा टाढाबाट दर्शनार्थीहरु आउने गर्दछन। शिबनाथ देवालयको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र सुख शान्ति प्राप्त हुने धार्मिक बिश्वास रहेको मेला ब्यवस्थापन समिति अध्यक्ष बिर धनाडी (सोराडी)ले बताएका छन।
शिबनाथ देवालयको मन्दिरमा असोज नबरात्रा, चैत नबरात्रा, अषाढ महिनामा अषाढि जाँत र श्रावण महिनामा मेला तथा पुजा गरिन्छ। मेलामा शिबनाथ गाउपालीका-०५ कफाडिबाट पहरी जाति र ठकुरिहरुको सामुहिक देउरो सगं छालाबाट बनेको भकुण्डो (गिर) जाने गर्दछ।
स्थानिय भाषामा गिर भनेर चिनिने छालाको भकुण्डो उदयदेब महाराज देबताको मेलामा खौल बाधेको रागाँको छालाबाट बनाईने मेला ब्यवस्थापन समिति सचिब तपेन्द्र धनाडीले जानकारी दिए। पहिला पहिला गिरलाई दिउसेडि मेलाको बिहान धनाडि जाति र साउन जातिल मुख्य रुपमा खेल्ने गरेपनि हाल अरु जातिहरु र मेलामा सहभागिहरुले खेल्ने गरेको उनले बताए।
मेलामा भारतबाट ब्यापारिहर ब्यापार गर्नको लागि समेत पुग्ने गरेका छन। मेलालाई सभ्य भब्य र शान्त बनाउनु शिबनाथ गाउँपालिका, वडा कार्यालय र मेला ब्यवस्थापन समितिले सबैमा आग्रह गरिएको छ। मन्दिर क्षेत्रभित्र मदिरा सेबन बिक्रि बितरण तथा ओसार पोसार गर्न, जुवा तास खेल्न खेलाउन, र अन्य अबैध कृयाकलाप आग्रह गरिएको छ।
मेलामा स्थानिय जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।
मेलाको अवशरमा गाउँपालिकाले आज र भोली सार्वजनीक बिदा दिएको छ।