बैतडीमा बालविवाह अन्त्यका लागि धार्मिक गुरु सक्रिय

बैतडी । बालविवाह अन्त्यका लागि बैतडीका धार्मिक गुरु सक्रिय भएका छन्। सोमबार दोगडाकेदार गाउँपालिका कार्यालयमा यूएनएफपीएको सहयोगमा भीएसओ र पिसविनको साझेदारीमा आयोजना गरिएको धार्मिक गुरूहरूसंगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बालविवाह अन्त्यका लागि आफूहरू सक्रिय रहेको बताएका हुन्।

उमेर नपुग्दै बिहे गर्नुपर्छ भन्ने गलत चलन रहेको यसको अन्त्यका लागि लागिरहेका ज्योतीस नन्दराज भट्टले बताउनुभयो। बिहे गर्ने उमेर नपुगेका किशोरकिशोरीको चिना समेत हेर्ने नगरेको भट्टको भनाई छ। उहाँले भन्नुभयो,ू हामीलाई केही महिना अगाडि पिसविन संस्थाले बालविवाह अन्त्यसम्वन्धि तालिम दिएको थियो त्यसपछि २० वर्ष नपुगेका भए चिना नहेर्ने र जुराउने काम बन्द गरेका छौं,। त्यो तालिमले धेरै कुराको सिकाई पनि भयो। 

पछिल्लो समय २० वर्ष पुगेपछि मात्रै बिहे गर्नुपर्छ भन्ने कुरामा अभिभावक पनि सहमत हुने गरेका कार्यक्रममा सहभागी धामी हरि सिंह कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो,ूमहिनावारी नहुदै छोरीको विवाह गरिदिदा पुण्य कमाइन्छ भन्ने गलत मान्यताका कारण यसअघि बालविवाह हुँदै आएकोमा अब भने त्यो मान्यता हट्दै गएको छ ।

२० वर्ष नपुग्दै बिहे गर्नुपर्छ भन्ने कुनै शास्त्रीय मान्यता नरहेको सहभागी टेकबहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो, कुनै पुराण र शास्त्रमा सानैमा बिहे गर्नुपर्छ भन्नेछैन्,तर हाम्रो समाजमा गलत पुष्टि गर्दै बिहे हुने गरेका थिए। अहिले भने कम हुँदै गएका छन्,।

बालविवाहले शारीरिक र मानसिक समस्या देखा पर्ने भएकाले बालबिवाह अन्त्य गर्नुपर्नेमा दोगडाकेदार गाउँपालिकाका प्रवक्ता, दिनेशप्रसाद भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, सानै उमेरमा बिवाह गर्दै शारीरिक,मानसिक,शैक्षिक अवस्था कमजोर हुनुका साथै विभिन्न हिंसाका घटना हुने गरेका छन्। त्यसैले बालविवाह अन्त्य हुन आवश्यक छ।
धामीझाँक्री, ज्योतिस तथा धार्मिक गुरु बालविवाह अन्त्यका लागि सक्रिय रहेका दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो, पालिकाले पनि बालविवाह अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसमा धामीझाँक्री, ज्योतिस तथा धार्मिक गुरु पनि सक्रिय रहेका छन्,।

बालविवाह न्यूनीकरण परियोजना बैतडीका ७ स्थानीय तहमा सञ्चालन हुँदै आएको पिसविन संस्थाका परियोजना अधिकृत कृष्णदत्त भट्टले बताउनुभयो। परियोजना अन्तरगत किशोर किशोरीका लागि रूपान्तरण कक्षा, अभिभावकलाई तालिम, धामीझाँक्री, ज्योतिस, धार्मिक गुरुसंगको अन्तरक्रिया गर्ने गरिएको छ।

यसका साथै बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने गरिएको छ।

Leave A Reply

Your email address will not be published.