मेलौली भगवति मेलाको आम्दानि र खर्च बिवरण सार्बजनिक

दिपक राज दिर्घायु
मंसिर ५ आईतबार,२०७८

बैतडी प्रशिद्ध मेलौली भगवति मन्दिरमा मंसिर २ र ३ गते लागेको मेलाको आम्दानि र खर्च बिवरण सार्बजनिक गरिएको छ। मेलौली धार्मिक सेवा समितिले एक सुचना जारि गर्दै मेला अवधिभर भएको आम्दानि र खर्च बिवरण सार्बजनिक गरेको हो ।

मेलामा स्या दर्ता बाट ३४ हजार ६ सय पचास, ब्यापारी स्टलहरुबाट २ लाख ७३ हजार ४ सय ८०, मेलामा आर्थिक सहयोगबाट २७ हजार ६ सय ७१ र दान पेटिबाट १ सय २७ रुपया आम्दानि भएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए।

यस्तै मेला अवधिभर स्टलमेन खानामा ३ हजार ६ सय ६५, मेलामा खटिएका सुरक्षाक्रर्मिहरुलाई खाना खुवाए वाफत २३ हजार १ सय ३५, सामुदायिक रेडियो मेलौली एफ एमलाई सुचना प्रशारण गरे वाफतको ८ हजार ५ सय, डडेल्धुराको अमरगढि एफ एममा सुचना प्रशारण गरेवाफत ८ हजार, चुना पेन्ट खरिद गरे वाफ १८ हजार ३ सय ४३, चन्दा ठेलि छपाए वाफत, १ हजार, ब्यानर ब्याच छपाए बाफत ४ हजार २ सय २५, प्लाष्टिक खरिद गरे वाफत २ हजार २ सय, बिजुली समान बाफत ८ हजार ९ सय खर्च भएको समितिले जनाएको छ ।

यस्तै चौकिदार तलब, २३ हजार ८ सय, कालिकाथान सफाई १ हजार ३ सय, बाईरिगंमा २ हजार, खानेपानि महसुलमा ५ हजार, गेट बल्फमा २ हजार अस्थाई शौचालयको निमार्णका लागी ४ हजार ५ सय, चौसट्ट परिसर सफाई मेला पुर्ब ६ सय, चौसट्ट परिसर सफाई मेला पछि १ हजार खर्च भएको जनाईएको छ।

मेलामा कुल आम्दानि ३ लाख ३५ हजार ९ सय २८ रुपैया, मेला अवधिभर कुल खर्च १ लाख १८ हजार १ सय ६८ रुपैया भएको र २ लाख १७ हजार ७ सय ७० रुपैया बाकि रहेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायकले बताए।

बाकि रहेको रकमलाई मन्दिर परिसरको सफाई, मन्दिरको बरण्डा मर्मत, पर्खाल निर्माण, चौकिदारको तलव लगायत धार्मिक क्षेत्रको संरक्षण, सम्वर्धन र विकासमा लगाउने मेलौली धार्मिक सेवा समितिले जनाएको छ। साथै मेलालाई सभ्य, भब्य र शान्ति पुर्बक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रति धन्यबाद पनि ज्ञापन गरिएको छ।

Leave A Reply

Your email address will not be published.