बैतडी जिप दुर्घटना, मृतकको संख्या पाच पुग्यो, २ जनाको अवस्था गम्भीर

मेलौली न्यूज
मंसिर ५ आईतबार,२०७८

बैतडी–आईतबार साझ साढे आठबजेतिर भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको सख्या पाच पुगेको छ । दुई जनाको अवस्था गम्भीर रहेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दुर्घटनामा परेको हो ।

दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डको दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा जिप दुर्घटनामा परेको प्रहरी जनाएको छ।

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्की रहेका प्रवक्ता खड्काले बताए ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० बर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ ।

जिपमा सवार सात जना रहेको जनाईएको छ। सात जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

दुर्घटना के कति कारणले भएको हो भन्नेबारे खुलेको छैन। जिप सडकबाट करिब सात सय मिटर तल खसेको हो ।

Leave A Reply

Your email address will not be published.