ड्युटी सकियोु भन्दै यात्रुलाई अलपत्र पार्ने पाइलटलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो


मंसिर ७, मंगलबार २०७८

काठमाण्डौ – काठमाण्डौबाट रुकुमका लागि उडेको नेपाल एअरलाइन्सको जहाजलाई नेपालगञ्ज अवतरण गराउने पाइलटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

हिजो सोमवार काठमाण्डौबाट चौरजहारी उडेको नेपाल एअरलाइन्सको ट्वीनअटर जहाजलाई पाइलट पेम्बा शेर्पाले आफ्नो ुड्युटीु सकिएको भन्दै नेपालगञ्ज अवतरण गराएर अलपत्र पारेको यात्रुले गुनासो गरेका छन् ।

यात्रुको गुनासोपछि मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाइलट शेर्पालाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ । मन्त्री आलेले कुनै पनि व्यक्तिले गैरजिम्मेवार भएर यात्रु अलपत्र पार्ने काम आफूलाई सह्य नहुने चेतावनी पनि दिनुभएको मन्त्रालयले जनाएको छ ।

पाइलट शेर्पाले आफ्नो ड्युटी बेलुका ४ बजेसम्म मात्रै भएको भन्दै हिजो जहाजलाई रुकुम नपुर्‍याइ नेपालगञ्जमै अवतरण गराउनुभएको थियो ।

पाइलटले अलपत्र पारेपछि नेपालगञ्जमा रोकिएका यात्रुलाई आज बिहान रुकुम पुर्‍याइएको निगमले जनाएको छ । उज्यालो

Leave A Reply

Your email address will not be published.