कांग्रेस बैतडीको सभापतिमा चन्द विजयी

मंसिर ८, बुधबार २०७८

बैतडी -नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन्। बुधबार बिहान सार्वजनिक मत परिणामअनुसार चन्द ८०९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।

यस्तै‚ उपसभापतिमा वीरबहादुर विष्ट र खगेन्द्रसिंह धामी विजयी भएका छन्। सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशी विजयी भएका छन्। यस्तै‚ सहसचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड विजयी भएका छन्।

उपसभापति विष्टबाहेक पदाधिकारीमा विजयी चन्द प्यानलका हुन्। बैतडीमा १ हजार ४०२ जना प्रतिनिधिमध्ये १ हजार ३४८ मत खसेको थियो। जिल्लाका सदस्य र महाधिवेशन प्रतिनिधिको मतगणना भने आज अपराह्न १२ बजेपछि हुने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.