डोटीको दीपायलस्थित सेती नदीमा हाम फालेर एक महिला बेपत्ता

मंसिर १०,शुक्रबार २०७८
दीपायल डोटीको दीपायलस्थित सेती नदीको पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन्। पुलबाट हाम फालेकी ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

शुक्रबार दिउँसो महिलाले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले महिलाको अवस्था अज्ञात रहेको छ। उनको खोजीकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.