मेलौली र शिबनाथमा नेकपा माओावादी केन्द्रको पालिका अधिबेशन सम्पन्न


मंसिर २२, बुधबार २०७८

बैतडी –नेकपा माओबादि केन्द्रको पालिका अधिबेशन मेलौली नगरपालिका र शिबनाथ गाउपालीकामा सम्पन्न भएको छ। आज भएको पालिका अधिबेशनमा सर्वसम्मत ?पमा नया नेतृत्व चयन गरिएको छ ।

मेलौली नगरपालिकामा नेकपा माओवादी केन्द्रको प्रथम नगर अधिवेशनबाट सर्बसम्मत रुपमा भीम बहादुर चन्दकोको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि गठन गरिएको छ ।

यस्तै कमिटिको बरिष्ठ उपाध्यक्षमा लोकमणी भटट, सुरेश परियार, तारा विष्ट चयन भएका छन । सचिवमा धर्म सिंह दयाल , सह–सचिवमा भवानी भटट र कोषाध्यक्षमा मनिषा दयाल चयन भएकी छन ।

नेकपा माओवादी केन्द्र जेष्ठ कमुनिष्ट मंञ्चका केन्द्रिय सदस्य गोपाल चन्दकोे प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र जेष्ठ कमुनिष्ट मंञ्चका केन्द्रिय सदस्य मनोहर परियारको बिशिष्ट आतिथ्यतामा मेलौलीमा प्रथम नगर अधिवेशन सम्पन्न भएको हो ।

यस्तै शिबनाथ गाउपालिमा भएको पालिका अधिबेशनले ५९ सदस्यीय नया कार्य कमिटि गठन गरेको छ। नया कार्य कमिटिको अध्यक्षमा गोरखा साउद चयन भएका छन । यस्तै उपाध्यक्षमा राजेन्द्र दयाल, प्रेम सिह साउद र दिपक दयाल चयन भएका छन। यस्तै सचिबमा लोकेन्द्र राम कोली, स–सचिबमा करन सिह धनाडी, कोषाध्यक्षमा बेलु ति?वा गरि ५९ सदस्यीय कमिति सर्ब सम्मत चयन गरिएको हो।

नेकपा माओबादि केन्द्रका जिल्ला सदस्य नरेन्द्र सिह साउदको प्रमुख आतिथ्यमा, नेकपा माओबादि केन्द्रका जिल्ला सदस्य भरत राम पार्किको बिशिष्ट आतिथ्यमा र हरिस दयालको अध्यक्षतामा पालिका अधिबेशन सम्पन्न गरिएको नेकपा माओबादि केन्द्रका जिल्ला सदस्य भरत राम पार्किले जनाकारी दिए।

Leave A Reply

Your email address will not be published.