२३, मंसिर, बिहिबार २०७८
बाजुरा – बाजुरामा जिपको ठक्करबाट एक वालकको मृत्यु भएको छ।
जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरका २ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुढी नन्दा नगरपालिका ५ का ४० वर्षीय पेमा थापाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज ११६४ नम्बरको जिपले ठक्कर दिँदा २ वर्षीय बालक अंकित रोकायाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
बुधबार जिपको ठक्करबाट घाइते भएका बालकको कोल्टी स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिप र चालक जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा छ।