बैतडीका पत्रकार विष्टलाई खेलकुद पत्रकारिता पुरस्कार


बैतडी,२७ मङ्सिर-
बैतडीका पत्रकार विनोद सिंह विष्ट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुने भएका छन् । राष्ट्रिय समाचार समिति ९रासस०का बैतडी समाचारदाता विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागेको हो ।


मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिने भएको हो ।

विष्टलाई अगामी पुस ४ गते मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरि नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरिने जनाइएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारिता क्रियाशिल रहेका छन् ।


सुदूरपश्चिमबाट विष्टसंगै मन्त्रालयले अन्य प्रदेशबाट पनि एक÷एक जनालाई सम्मान गर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.