बैतडीको सिगासमा भिरबाट लडेर महिलाको मृत्यु

पुस १, बिहिबार २०७८

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–८ लेकका केशव सिह ऐरकी २६ वर्षीया श्रीमती जानकी ऐरको भीरबाट लडेर मृत्यु भएको हो । आज बिहान करिब ७ बजेको समयमा घर नजिकैको भिरमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाइते भएकी ऐरलाई शिवलिङ् स्वास्थ्य चौकी पुर्याएलगत्तै मृत्यु भएको शिवलङ प्रहरीचौकइ इन्र्चाज सलीभान सिह ढाँटले जानकारी दिनुभयो ।

जिल्लाको सिगास गाउँपालिका लगायतका ठाँउहरुमा भिरबाट लडेर वर्षेनी महिलाहरुले ज्यान गुमाउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.