२४ घण्टामा कोरोना सङ्क्रमण दर २ प्रतिशतभन्दा तल झर्‍यो


पुस १, बिहिबार २०७८

काठमाण्डौ – पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा एक दशमलव ६६ प्रतिशत अर्थात् एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएयता आज बिहीवार पहिलो पटक सङ्क्रमण दर सबैभन्दा कममा झरेको हो ।

यस्तै थप दुई सय ६७ जनासँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ हजार ८३ जना पुगेको छ । थप दुई जनासहित सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ६७ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार जनाभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९४ लाख ६८ हजार चार सय ८९ पुगेको छ । यस्तै अहिलेसम्म दुई करोड १२ लाख ३८ हजार ६ सय २३ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।उज्यालो

Leave A Reply

Your email address will not be published.