पीएम कप महिला राष्ट्रिय क्रिकेट आजदेखि,सामाजिक विकासमन्त्री खड्काले उद्घाटन गर्ने


पुस ३, शनिबार २०७८ कैलाली-
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुदैंछ। कैलालीको फाप्ला क्रिकेट मैदान आज बिहान नौ बजे उक्त प्रतियोगिताको औपचारिक कार्यक्रम गरेर सुरु हुन लागेको हो ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले गर्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।

उद्घाटनपश्चात पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमने सामने हुने हुनेछन् ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता पुस ११ गते सम्पन्न हुनेछ ।

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरि खेलाइने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
समुह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश छन ।भने समुह बि मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश २ रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, वेस्ट बलरले १५ हजार तथा वेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन ।
विनोद सिंह विष्ट–––

Leave A Reply

Your email address will not be published.