बैतडीमा पूर्ण खोप लगाएका एकजनाको मृत्यु


पुस ३, शनिबार २०७८

बैतडी -कोरोना भाइरसविरुद्धका दुबै डोज खोप लगाएका दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ।

ती पुरुषको शुक्रबार राति साढे नौ बजे जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो। बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती व्यक्तिको शरीरमा अक्सिजन लेभल ७५ प्रतिशतभन्दा कम रहेको थियो। कोरोनाविरुद्धको खोप कोभिसिल्डको दुईवटै डोज लगाएका ती वृद्धको कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरीरमा अत्याधिक इन्फेक्सन भएर मृत्यु भएको अस्पतालले जनाएको छ।

कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरीरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको जनाइएको छ। यससँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। हाल तीन जना मात्रै सक्रिय संक्रमित रहेका छन्।
विनोद सिंह विष्ट–––

Leave A Reply

Your email address will not be published.