बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिइने


पुस ३, शनिबार २०७८

बैतडी -बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइने भएको छ। सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाहरुका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए।

यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो। बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२ बालबालिका रहेका र उनीहरुलाई विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन गरिने भएको हो।

जिल्लाभर २५९ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। पुस ६ गते सुरु हुने उक्त अभियान पुस ११ गते सम्पन्न हुने जनाइएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका,सिगास र डिलाशैनी गाउँपालिकाका विद्यालयमा पुस ६ देखि ८ सम्म, दशरथचन्द,पाटन नगरपालिका, शिवनाथ,पञ्चेश्वर गाउँपालिकामा पुस ७ देखि ९, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० र सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ।

बैतडीमा अहिलेसम्म बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन्। यस्तै खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन्।
विनोद सिंह विष्ट————–

Leave A Reply

Your email address will not be published.