बैतडीः पञ्चेश्वरमा अध्यक्षकप भलिबल प्रतियोगिता सुरु, शिवनाथको बिजयी सुरुवात


पुस ५, सोमबार २०७८

-बैतडीको पञ्चेश्वर गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता सुरु भएको छ । कुलाउमाविमा आजदेखि सुरु भएको प्रतियोगितामा शिवनाथ गाउँपालिकाले बिजयी सुरुवात गरेको छ ।
पञ्चेश्वर गाउँपालिकाको आयोजक ए र शिवनाथ गाउापालिकाबिच भएको खेलमा शिवनाथ गाउापालिकाले २ एकको सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको खेल सञ्चालक समितिका सदस्य सुरेन्द्र साउदले जानकारी दिनुभयो ।
भोलीको पहिलो खेल मेलौली ए र सुर्नया गाउँपालिका बिच प्रतिस्प्रधा हुने छ ।
अध्यक्षकप प्रतियोगिातामा १० टिमको सहभागिता रहेको छ । सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका ए र बी, पञ्चेश्वर गाउापालिका ए र बी, कुलाउ मावि र सिगास गाउँपालिका गरी १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख १० हजार १ सय १ रुपैया, कप मेडल र प्रमाण्पत्र प्रदान गरिने छ । दितिय पुरुस्कार ७५ हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र, तृतिय पुरुस्कार ५० हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी सान्तोना पुरुस्कार ३० हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

Leave A Reply

Your email address will not be published.