पौष ६ गते बैतडी-
बैतडीको पञ्चेश्वर गाउपालिकामा जारी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिातामा आज पाँच खेल भएका छन् ।
आज भएका खेलमा मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, कुलाउ मावि, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाले जित हात पारेको खेल संयोजक शागर भण्डारीले जानकारी दिनुभयो ।
आज बिहान भएको मेलौली नगरपालिका र सुर्नया गाउपालिकाबिच भएको खेलमा मेलौलीले जित हात पारेको छ । पहिलो सेट सुर्नयाले २२ –२५ ले आफ्नो पक्षमा पारेपछि दोश्रो र तेश्रो सेट मेलौलीले २० – २५ र १३ २५ ले मेलौलीले नतिजा आफ्नो पक्षमा पारेका हो ।यसैगरी पञ्चेश्वर गाउँपालिका बी र दशरथचन्द नगरपालिका बिच भएको खेलमा दशरथचन्द नगरपालिकाले जित हात पारेको हो । १९–२५, १८–२५ को सोजो सेटमा दशरथचन्द नगरपालिकाले जित हात पारेको हो ।
यसैगरी कुलाउ मावि र युवा जागरणमञ्च मेलौली बी बिच भएको कुलाउ माविले जित हात पारेको छ । पहिलो सेट १७ –२५ ले जनजागरणले जित हात पारेको थियो । त्यसपछि १९–२५ र २२–२५ ले कुलाउ माविले जित हात पार्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।यसैगरी आजै भएको सुर्नया गाउपालिका र पाटन नगरपालिकामा बिच भएको खेलमा सुर्नया जितेको छ ।
पहिलो सेट सिर्नयाले १५–२५ ले जितेको थियो । दोश्रो २०–२५ ले पाटनले र तेश्रो सेट २५–२७ ले सुर्नयाले जिते हात पार्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।
यसैगरी सिगास र पञ्चेश्वर गाउपालिका बी बिच भएको खेलमा सिगासले जिते हात पारेको छ । सिगास गाउपालिकाले १९–२५ र १४–२५ को सोजो सेटमा नतिजा आफ्नो पक्षमा पारेको रेफ्री हिमाल बिष्टले जानकारी दिनुभयो ।
यसका साथै लगातारको दुई हारसँगै पञ्चेश्वर गाउपालिmका बी जारी प्रतियोगिताबाट बाहिरिएको छ ।