भलिबल प्रतियोगिताको उपाधि जितेको मेलौलीलाई नगरपालीकाद्धारा सम्मान

दिपक राज दिर्घायु
पौष ०९ शुक्रबार,२०७८

बैतडी–पञ्चेश्वरमा सम्पन्न अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको मेलौली टिमलाई मेलौली नगरपालीकाले सम्मान गरेको छ। शुक्रबार नगरपालीकाको कार्यालयमा बिजेता टिमलाई अबिर र दोसल्लाका साथ सम्मान गरेको हो ।

बिहीबार भएको फाइनल खेलमा सिगासलाई ३–२ को सेटले पराजित गर्दै मेलौलीले उपाधि हात पारेको थियो । उपाधि संगै मेलौलीले १ लाख १० हजार १ सय १ रुपैया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बिजेता टिम मेलौलीले पाएको ट्रफी र मेडल मेलौली नगरपालीकालाइ हस्तातरण समेत गरेको जनाईएको छ।

यसैगरि उपबिजेता बनेको सिगासले ७५ हजार १ सय १ रुपैया कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । तृतीय स्थान हासिल गरेको दशरथचन्द नगरपालीकाले ५० हजार १ सय १ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो भने चौथो स्थान हासिल गरेको पञ्चेश्वर ए ले ३० हजार १ सय १ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

पञ्चेश्वर गाउपालीकाको आयोजनमा सञ्चालन भएको भलिबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । खेल शान्त र मर्यादित तवरले सम्पन्न भएको पञ्चेश्वर गाउपालीका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।

Leave A Reply

Your email address will not be published.