पीएम कप राष्ट्रिय क्रिकेटः बैतडीका खेलाडीको बन्द प्रशिक्षण सुरु


पुस १०, शनिबार २०७८ बैतडी-

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बन्द प्रशिक्षणका लागि बोलाएको बैतडीका २८ खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ । बन्द प्रशिक्षणमा बोलाइएका ती खेलाडीको बन्द प्रशिक्षण मेलौली क्रिकेट मैदानमा सुरु भएको हो ।
प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नको लागि अन्तिम १४ को टोली घोषणा गर्न बन्द प्रशिक्षण राखिएको छनौट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए । बन्द प्रशिक्षण ४ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
हालै देहिमाडौंमा सम्पन्न जिल्लास्तरीय छनौट प्रतियोगितामा राम्रो प्रर्दशन गरेको आधारमा उनीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो ।
बन्द प्रशिक्षणमा लागि छनौट भएका खेलाडीहरुमा दिपक बोहरा,डम्बर बुडाल,विरेन्द्र नाथ, प्रदीप चन्द,सुनिल चन्द, लोकेन्द्र चन्द,राजु भाट, जगदीश चन्द,गोपी नाथ, नरेन भट्ट,जयराम भट्ट, भुपेन्द्र चन्द,प्रशान्त कार्की र दीपेन्द्र जोशी रहेका छन् ।
यस्तै बसन्त भट्ट,राम चन्द,महेश जोशी,धिरु मल्ल,श्याम साउँद,मदन चन्द,रिसिकेश बोहरा,आकाश चन्द,गजेन्द्र बोहरा,प्रेम बुडाल,खडक बोहरा,सुरेन्द्र
चन्द,हिक्मत महरा र लक्ष्मण महरा पनि बन्द प्रशिक्षणका लागि छनौट भएका छन् ।

प्रदेशस्तरीय छनौट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुदैंछ । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौंमा हुदैंछ ।
विनोद सिंह विष्ट–––

Leave A Reply

Your email address will not be published.