२४ घण्टामा २ सय १९ जनामा कोरोना पुष्टि


पुस ११, आइतबार २०७८

काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ६७ जनाको नमुना परीक्षण गर्दा दुई सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ८३ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १० हजार सात सय ८० पुगेको छ।

यही अवधिमा दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८५ पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ७६ हजार तीन सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ९९ लाख ९६ हजार तीन सय ८० जनाले पूर्ण मात्रा र एक करोड ३१ लाख ७५ हजार पाँच सय ९७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
उज्यालो अनलाईन

Leave A Reply

Your email address will not be published.