पञ्चेश्वर गाउँपालिकमा उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सञ्चालन


पुस १२, सोमबार २०७८ बैतडी-
वेरोजगार र वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउने उद्देशले पञ्चेश्वर गाउँपालिकाले गाउँपालिका भरिका युवा युवतीलाई सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तिय साक्षरता सम्बन्धीको तालिम संचालन गरेको छ ।
गाउँपालिकाको आयोजना, राष्ट्रिय युवा परिषद नेपाल र नविल बैंकको सहकार्यमा तालिम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।तालिम एकहप्ता सम्म संचालन हुनेछ ।
तालिममा युवाहरुमा उद्यमशिलताको विकास गराउने, वित्तिय साक्षरताको ज्ञानदिने र व्यवासायिक कार्ययोजना बनाउन सिकाउनुका साथै सहुलियतपूर्ण कर्जालिनको लागि आवस्यक ज्ञान दिइने तालिमका मुख्य प्रशिक्षक सन्तोष प्रकास जोशीले बताए ।
तालिम पश्चात युवाहरुले व्यवसायिक योजना निर्माण गरेर नविल वैंकबाट तिन लाख देखि पाचँ करोड सम्मको सहुलियतपुर्ण कर्जा लिन सक्नेछन् । सहुलियत ऋण उपलव्ध गराउनको लागि पञ्चेश्वर गाउँपालिका, राष्ट्रिय युवा परिषद नेपाल र नविल वैंक लिमिटेड विच त्रिपक्षय सम्झौता भएको छ।
वित्तिय साक्षरताको ज्ञान दिई गाउँपालिकाका वेरोजागार युवायुवतीलाई उद्यमी वनाई स्वरोजगार वनाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गोरख वहादुर चन्दले बताए ।

Leave A Reply

Your email address will not be published.