मेलौली न्यूज
पौष १७ शनिबार,२०७८
बैतडी–बैतडीको तल्लो स्वराडमा स्थापना भएको सामुदायिक रेडियो मेलौली एफ एम १०१.२ मेगाहर्ज आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । मेलौली सुचना तथा सञ्चार समुहद्वारा विःस २०७६ मा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई २०७७ पौष १७ गतेदेखि समृद्धी र विकासका लागी समावेशी आवाज आफ्नै बोली आफ्नै शैली नारा दिई प्रशारण शुभारम्भ गरेकोे हो ।
मेलौली नगरपालिका–१ बाट प्रसारित एक सय वाट क्षमताको रेडियो मेलौली सुदूरपश्चिम प्रदेशका ८ वटा जिल्लादेखि लिएर भारतका केही स्थानमा सुनिदै आएको छ। साथै इन्टरनेट अनलाइन www.melaulinews.com बाट पनि विश्वभर सुन्न सकिन्छ । रेडियोले बिहान ५ बजेदेखि राती ११ बजेम्म १८ घण्टा प्रशारण निरन्तर गरिरहेको छ ।
रेडियो मेलौलीले एफ एम १०१.२ मेगाहर्जले सुचना मनोरन्जनका साथै घरेलु हिंसा, र्दुव्यसन, कुसंस्कार बालबिवाह बिरुद्ध बिभिन्न चेतना मुलक कार्यक्रम गरेर सबैलाई सचेत गर्दै आएको र समाजमा हुने बेथिती बिरुद्ध आवाज बुलन्द गरी रहने रेडियो मेलौलीका अध्यक्ष कृष्ण दत्त भट्टले बताए ।
कृषि पेशालाई व्यवसायिकतामा लैजाने प्रेरित गरी आर्थिक संमृद्धिसंग जोड्न पहल गर्ने, सार्वजनिक चाँसोका विषय तथा विकासका पूर्वाधारहरुमा विशेष वहस, छलफलमा जोड दिने, भ्रष्टाचार, कुरीती, असुरक्षा, हत्या, र हिंसा जस्ता विकृती हटाई भव्य र सभ्य समाज निर्माणमा आवाज उठाउन बालबालिका केन्द्रित महिला अधिकार, द्धन्द्ध रुपान्तरणका सवालमा सम्वाद, प्रतिभा प्रस्तुतीकरण, स्वास्थ्य चर्चा, मनोविमर्श सेवा जस्ता सचेतना मुलक कार्यक्रम तथा संगित एवम् मनोरन्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ । सिआइएनको सहकार्यमा सिआइन खवर लगायतका विभिन्न कार्यक्रमहरु प्रशारण गरी सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको स्टेशन म्यानेजर लक्ष्मण विसीले बताए ।
समयक्रमानुसार कार्यक्रम र समाचारलाई समेत परिमार्जन र विकसित गर्दै लगेको तथा आवश्यकता अनुसार थप परिमार्जन एवंम परिष्कृत गर्दै लैजाने उनले बताए । बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो मेलौलीले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाई रहने बिश्वास लिएको छ ।
यसैबीच रेडियो मेलौलीले दोस्रो वर्ष प्रवेशको अवसरमा रेडियो मेलौलीका आगामी दिनको प्रशारणमा सामाजिक रुपान्तरणको अभियानलाई अझ सशक्त बनाउने बताउँदै यतिञ्जेल सम्मको यात्रामा साथ र सहयोग गर्नु हुने सम्पूर्ण स्रोता महानुभाव, विज्ञापनदाता, कर्मचारी, विभिन्न स्थानीयतहका जनप्रतिनिधि, सहकार्यमा रहेका विभिन्न संघसंस्था, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरु एवम् सम्पूर्ण शुभचिन्तक हरुमा हार्दिक कृतज्ञता सहित अगामी दिनमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा सहित सम्पूर्णमा हार्दिक अभार व्यक्त गरेको छ ।