मेलौली न्यूज
पौष १८ आईतबार,२०७८
बैतडीको मेलौली नगरपालिकामा उपभोक्ता हक अधिकार सम्बन्धी जनजागरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगडी कैलालीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएका हो ।
उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था भए अनुसार त्यसको कार्यान्वयन गर्न वा गराउनका लागि र उपभोक्ताको हक अधिकार सुनिश्चित गर्नका लागि स्थानीय सरकारलाई जागरुप बनाउने उदेश्यले कार्यक्रम गरिएको मन्त्रालयका अधिकृत मान सिह साउँदले जानकारी दिनुभएको छ ।
कार्यक्रममा उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका शाखा अधिकृत धर्मराज जोशीले मन्त्रालयको कार्य क्षेत्र र कार्यक्षेत्रको अवस्था वारेमा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगडीका प्राविधिक सहायक कुमार भण्डारीले खाद्य स्वस्च्छता तथा गुणस्तर र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझाले उपभोक्तावादका सिद्धान्त, यसको संवैधानिक व्यवस्था,राज्यका नितिहरुका बारेमा स्पष्ट पार्नु भएको थियो ।
साथै कार्यक्रममा सडेल गलेका र म्याद गुर्जिएका सामाग्री नल्याउन व्यापारीहरुलाई आग्रह गर्नुका साथै व्यापारिले सो सामान खरिद गरेर ल्याउँदा गाउँका सर्वसाधारणमा असर पर्ने हुनाले व्यापारिलाई उक्त म्याद सकिएका सामाग्री बजारमा नल्याउन आग्रह गरिएकोे छ ।