पीएम कप छनौटः बैतडी स्तब्ध, कञ्चनपुरलाई उपाधि

मेलौली न्युज
पौष २० मंगलबार,२०७८

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ । आज सम्पन्न फाइनल खेलमा बैतडीलाई ३८ रनले स्तब्ध पार्दै कञ्चनपुरले उपाधि हात पारेको हो ।

कञ्चनपुरले दिएको १९६ रनको लक्ष्य पन्छाएको बैतडी १५७ रनमा अलआउट भयो । बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन बनाएपनि हार टार्न सकेनन् । कञ्चनपुरका आदित्य महताले ३,अर्जुन साउँद र प्रकाश विष्टले २÷२ विकेट लिए ।

त्यसअघि कभर्डहल मैदानमा पहिला ब्याटिंग गरेको कञ्चनपुरले निर्धारित ४० ओभरमा ८ विकेटको क्षतिमा १९५ रन जोड्यो । जसमा अनुराग सिंहले ४७ र हेमन्त धामीले ४२ रन बनाए । बैतडीका लागि जगदीश चन्दले सर्वाधिक ३ विकेट हात पारे । कञ्चनपुरका आदित्य महता म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो।

पुस १४ गतेदेखि शुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका ८ जिल्लाका टोलीको सहभागिता रहेको थियो । हभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौंमा हुदैंछ ।

विनोद सिंह विष्ट–––

Leave A Reply

Your email address will not be published.