मेलौलीमा वडा कार्यालयको भवन निर्माणका लागि जग्गा दान

मेलौली न्यूज
पौष २० मंगलबार,२०७८

बैतडी-मेलौली नगरपालिका वडा न ६ को वडा कार्यालय भबन निमार्णका लागी स्थानिय केशव भट्टले जग्गादान गरेका छन । मेलौली नगरपालिका ६ हतरङ्गा बस्ने ३९ वर्षिय भट्टले वडा कार्यालयको भबन निमार्णका लागी वडा कार्यालयकै छेउमा रहेको कित्ता ९ सय ९६ काफल गडो भन्ने जग्गादान गरेका हुन ।

वडा कार्यालयलाई जग्गा दान गरेकोमा भट्टलाई धन्यवाद समेत व्यक्त गरेको मेलौली नगरपालिका वडा न ६ का वडा अध्यक्ष परमानन्द भट्टले जानकारी दिए ।

वडा कार्यालयको आफ्नै भवन नहुदा काम गर्न असहज भइरहेको हुँदा अब छिट्टै नै उक्त जग्गामा भवन निर्माण गरि वडाले आफ्नै भवनबाट सेवा संचालन गर्ने अध्यक्ष भट्टले बताए ।

अहिले वडा कार्यालयले भाडाको घरबाट आफ्नो सेवा दिइरहेको छ ।

Leave A Reply

Your email address will not be published.