मेलौलीका सम्पर्क बिहीन किशोर ७ दिनपछि फेला

दिपक राज दिर्घायु
पौस २२ बिहीबार,२०७८

बैतडी–बिगत ७ दिनदेखि हराई रहेका मेलौलीका १९ बर्षिया किशोर सकुशुल भेटिएका छन । मेलौली नगरपालीका–०१ जर्कुका केशब सिह नायक बुधबार पाटन बजारमा भेटिएको पारिवारिक स्रोतले जनाएको छ।

सुस्त मनस्थितिका ति किशोर यहि पौष १४ गतेबाट सम्पर्क बिहिन भएका थिए । मेलौली नगरपालीका– २ को स्थानिय सलेना बजार तिए गएका र त्यहिबाट एक्कासि सम्पर्क बिहीन भएका थिए ।

उनि सम्पर्क बिहीन भएपछि घर परिवारले खोजि गरिदिन चारैतिर आग्रह गरेका थिए । यसैगरि सामुदायिक रेडियो मेलौलीबाट पनि उनि हराएको समाचार सम्प्रेशण गरिएको थियो । रेडियोबाट समाचार प्रशारण भएपछि उनलाई खोज्ज सजिले भएको पारिवारिक स्रोतले बताएका छन ।

सम्पर्क बिहीन भएका केशबको खोजिकार्यको लागी पहल गर्नमा सहयोग गरेकोमा उनका परिवारले रेडियो मेलौलीलाई धन्यबाद समेत ज्ञापन गरेका छन।

Leave A Reply

Your email address will not be published.