१२ को ग्रेड वृद्धि परीक्षा :जिल्लामा एउटा मात्रै केन्द्र

पुस २२, बिहिबार, २०७८

बैतडी- कक्षा १२ को ग्रेड वृद्धि परीक्षाका लागि बैतडी जिल्लाभरका लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ। सदरमुकामस्थित शाहिलेकमा रहेको वीरेन्द्र माविमा जिल्लाभरको परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा अगामी माघ २ र ३ गते बिहान ११ बजेदेखि हुने तय भएको छ। दुई विषयसम्मको ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ। ग्रेडवृद्धि परीक्षामा ३ सय विद्यार्थी सहभागी हुने जनाइएको छ।

राष्ट्रिय परीक्षा बोर्डले जिल्लामा एकमात्रै परीक्षा केन्द्र तोक्दा परीक्षार्थीलाई समस्या हुने जनाइएको छ। परीक्षा बोर्ड एउटा मात्रै केन्द्र तोकेकोले अब केन्द्र थप गर्न नसकिने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ।
विनोद सिंह विष्ट………

Leave A Reply

Your email address will not be published.