मेलौलीमा सातौ मंकर सक्रान्ति खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदै

दिपक राज दिर्घायु
पौष २२ बिहीबार,२०७८

बैतडी–मेलौलीमा माघे सक्रान्तिको अवशर पारी सातौ मकर सक्रान्ति खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। माहारुद्र स्पोट्र्स क्लबको आयोजनामा यहि पुष २९ गतेदेखि दुर्गा माबि मेलौली नगरपालीका–५ खलिगाडको प्राङ्गणमा सञ्चालन हुने कार्यक्रमका संयोजक प्रेम बहादुर चँन्दले बताए।

प्रत्येक बर्ष माघे सक्रान्तिको अवशरमा आयोजना हुदै आएको प्रतियोगित यस बर्ष पनि सञ्चालन गरिन लागेको कार्यक्रम संयोजक चन्दँले बताएका छन । युवाहरुको खेलकुल प्रति आर्कषण बढाउने उदेश्यले भलिबल प्रतियोगितको आयोजना गरिएको उनले बताए ।

प्रतियोगितमा सहभागि हुने ईच्छुक खेलाडीहरुले यहि पुष २९ गते बिहान १० बजेसम्म टिम दर्ता गराउन क्लबले अनुरोध गरेको छ। टिम दर्ता गराउदा दुई हजार पाच सय शुल्क लाग्ने क्लबले जनाएको छ।

प्रतियोगिताबाट प्रथम हुने टिमलाई २३,३३३ सहित ट्रफि, मेडल र प्रमाणपत्र, द्धित्तिय हुने टिमलाई १४,४४४ सहित ट्रफि, मेडल र प्रमाणपत्र र तृतीय हुन टिमलाई ८,८८८ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम सयोजक चन्दँले बताए।

खेलाडीहरुले खान बस्नको ब्यवस्था आफै गर्नुपर्ने आयोजक समितिले जनाएको छ । साथै देउडा गायक गोपाल दयाल, पदम भाष्कर जोशि र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.