मेलौली न्यूज
पौष २५ आईतबार,२०७८
बैतडी-नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा सुरेन्द्र पाल चयन भएका छन् । शुक्रवारदेखि पाटनमा जारी आठौँ जिल्ला अधिवशेनबाट पाल सर्बसम्मत अध्यक्षमा चयन भएका हुन् ।
लामो कसरत पछि अध्यक्षका अर्का दाबेदार गोरख बहादुर चन्दले सहमती गरेपछि बर्तमान अध्यक्ष समेत रहेका पाल सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
अन्य पदाधिकारीहरु पनी सर्बसम्मत चयन भएका छन् । अधिवेशनबाट एमालेको जिल्ला उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली सर्बसम्मत चयन भएका छन् ।