मेलौली नगरपालीकाको नबौँ हिउदे अबिधेशन सम्पन्न

दिपक राज दिर्घायु
माघ ०१ शनिबार,२०७८

बैतडी-मेलौली नगरपालीकाको नबाँै हिउदे अधिबेशन सम्पन्न भएको छ । कृषि पर्यटन र पूर्बाधार मेलौली बिकासको मुल आधार भन्ने मुल नारका साथ मेलौली नगरपालीको नबाँै हिउदे अधिबेशन शुक्रबार सम्पन्न भएको छ ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार नगरपालिकाको नवौँ नगरसभा सम्पन्न गरिएको हो ।

नगर सभालाई सम्वोधन गर्दै नगर प्रमुख कृष्ण सिंह नायकले संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर चालु आथिर्क बर्षको वार्षिक बजेट, तथा बिभिन्न प्रस्तावहरु पारित गरिएको बताए। साथै हिउदे नगर सभा भएकाले हिउदे अधिबेशन बिद्येयक अधिबेशन भएको स्पष्ट पारे ।

अहिले सम्मका कामहरुको सबै क्षेत्रबाट प्रशंसा भएकाले उत्कृष्ट काम गरेर देखाउन सभामा उपस्थित सभा सदस्यहरुलाई नगर प्रमुख नायकले आग्रह गरेका थिए। उनले सभामा उपस्थित सबैजनालाई सामुहिक रुपमा बिकासका काममा सहयोग गर्न समेत आग्रह गरे थिए ।

नगर सभामा नगरपालिकाका नगर उप–प्रमुख कुमारी राधा ओझाले यस क्षेत्रको पहिलो नगरपालीका भएका कारण हरेक कुराहरु शुन्यबाट सुरुवात भएकाले कतिपय कामहरु पुरा भएको र कतिपय बिकास निमार्णका कार्यहरु प्रकृयागत रुपमा रहेको बताएका थिए ।

साथै नगर उप–प्रमुख ओझाले मेलौली नगरपालीका क्षेत्रमा जतिपनि सडक सञ्जाल बिस्तार भएको छ त्यो चाडै पिच हुने र केहि महिना भित्रै बिद्युतको राष्ट्रि«य प्रशारण लाईन बिस्तार गरेर घरघरमा बिद्युत बिस्तार हुने कुरापनि जानकारी गराउनु भएको थियो ।

मेलौली नगरपालीका वडा न १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सुरत नेगीले अबका दिनहरुमा पनि जनताको जनचाहाना अनुसार अगाडी बढ्ने बताएका थिए । जनप्रतिनिधिले मात्र चाहेर बिकास निमार्णका कार्यहरु सम्भब नहुने भएका कारण सबै जनताहरुले एक ढिक्का भएर अगाढी बढ्यो भने हरेक बिकास निमार्ण कार्यहरु सम्भब हुने उनले बताएका थिए ।

नगर सभामा स्वागत मन्तब्य राख्दै नगर कार्य पालिका सदस्य सुरत पार्किले शिक्षा स्वास्थ्य, खेलकुदमा नगपालीकाले राम्रो भुमिका निर्बाह गरेको बताएका थिए ।

सभामा नगरपालिकालाई समृद्ध बनाउनका लागी शिक्षा र स्वास्थमा बिशेष योजना बनाउनुपर्ने, कृषि र पशु क्षेत्रलाई प्रमुख योजनामा समावेश गनुपर्ने, लक्षीत बर्गको लागी आबश्यक कार्यक्रम र बजेटको ब्यबस्था गर्नुपर्ने लगायतका बिषयमा नगर सद्स्यहरुले आफ्नो भनाई राखेका थिए ।

नबौँ नगर सभा तथा हिउदे अधिबेशन नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.