बैतडी क्रिकेट संघको अध्यक्षमा चन्द चयन

माघ ५, बुधबार,२०७८बैतडी-

बैतडी जिल्ला क्रिकेटको संघको अध्यक्षमा विनोदबहादुर चन्द निर्विरोध चयन भएका छन् । गोठलापानीमा बुधबार सम्पन्न सातौ जिल्ला अधिवेशनले चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा लोकराज जोशी, सचिवमा सिद्धराज बोकटी, कोषाध्यक्षमा शेरसिंह खत्री लगायत अन्य सदस्य चयन भएका छन्।
आगामी ४ बर्षका लागि संघको नयाँ कार्यसमिति चयन भएको र यो कार्यसमितिले क्रिकेटको विकासका लागि पहल गर्ने अध्यक्ष विनोदबहादुर चन्दले बताए
अधिवेशनमा नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्ट, बैतडी जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष लालबहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।
अधिवेशनलाई सम्बोधन गर्नुहुदैं क्यानका अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि क्यान लागिपरेको बताएका छन् । खेलाडीको हक हित र क्रिकेटको समग्र विकासमा क्यान लागिपरेको छ । उनले भने,“ उत्कृष्ट खेलाडी सधै क्यानको प्राथमिकतामा पर्छ, खेलसंगै अनुशासन पनि हुनु आवश्यक छ । ”
विनोद सिंह विष्ट –––

Leave A Reply

Your email address will not be published.