शिवनाथकी साउंदले पाइन सानिमा लाइफको मृत्यु दाबी भुक्तानी

मेलौली न्यूज
माघ ०८ शनिबार,२०७८

बैतडी–सानिमा लाइफ ईन्सुरेन्स कम्पनीको डडेल्धुरा शाखाले मृतक देव सिंह साउंदकी श्रीमती लछु सांउद लाई ५ लाख ५९ हजार आठ सय रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ।साउंदले डडेल्धुरा शाखाबाट २०७५ सालमा ५ लाख रुपैयाँ बीमा पोलिसी खरिद गरेका थिए ।

उनको गत मंरिस ५ गते हृदयघातको कारण मृत्यु भएको थियो । हृदय घातका कारण मृत्यु भए पछि सानिमाले मृतककी श्रीमतिलाई दाबी भुक्तानी बापतको रहक चेक मार्फत हस्तान्तरण गरेको हो ।

दाबी भुक्तानी कार्यक्रममा सानिमा लाइफका डडेल्धुरा शाखा प्रवन्धक दिजराज चटौत, सिनियर एजेन्सी म्यानेजर गोपी सिंह साउंद, शिबनाथ गाउपालिका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुष्मा चन्द लगायत स्थानीयको उपस्थितिमा निजको घरमा गई सो चेक हस्तान्तारण गरेको हो ।

Leave A Reply

Your email address will not be published.