माघ ९ आईतबार, २०७८
बैतडी- सानिमा लाईफ इन्स्युरेन्स कम्पनी डडेल्धुरा साखाले बैतडीको सिगास गउँपालिका १ का मृतक लोक बहादुर बिष्टकी श्रीमती कमला बिष्टलाई ७ लाख ३ सय ५० रुपैया मृत्युदाबी भुक्तानी प्रदान गरेको छ । कमला बिष्टको घरमै गएर मृत्युदाबी भुक्तानी गरिएको हो । कमलाका श्रीमान स्वर्गीय लोकेन्द्र बिष्टले २०७८ साउन ४ गते ६ लाख ९० हजार बिमाङ्कको बिमा गर्नुभएको थियो । बिमा गरेको ३ महिनामै ९यहि कात्तिक २७ गते० उँहाको मृत्यु भएको हो । स्वर्गीय लोक बिष्टले पहिलो किस्ताबाफत ३८ हजार ९ सय ४२ रुपैया मात्र जम्मा गर्नु भएको हो ।
बिष्टको घरमै गएर गरिएका दाबी भुक्तानी कार्यक्रमममा सानिमा लाईफ इन्स्युरेन्स डडेल्धुरा साखाका प्रमुख दिजयराज चटौत, सिनियर एजेन्सी म्यानेजर गोपी सिह साउँद, सिगास गाउँपालिका वडा नं १ का वडा सदस्य दान बहादुर ऐरी, ब्यापारी, लगायत स्थानियहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा कमला बिष्टलाई ७ लाख ३ सय ५० रुपैया मृत्यु दाबी भुक्तानी प्रदान गरिएको हो ।
घरमै गएर बिनाझण्जट दाबी भुक्तानी प्रदान गरिएपछि सानिमा लाईफ इन्स्युरेन्सप्रती आम नागरीकहरुको बिश्वास बढेको छ ।