कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघ्यो, थप ८ हजार ४ सय ५४ जनामा सङ्क्रमण पुष्टि


माघ १२, बुधबार,२०७८
काठमाण्डौ – नेपालमा कोभिड–१९ कोरोना भाइरस का सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार चार सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार तीन सय ५९ जनाको नमुना परीक्षण गर्दा आठ हजार चार सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार चार सय ३३ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप पाँच जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ५६ हजार चार सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उज्यालो अनालाईन

Leave A Reply

Your email address will not be published.