बैतडी: सबैभन्दा बढी जनसंख्या पुर्चाैडीमा, पञ्चेश्वरमा कम ( तथ्याङ्क सहित)

माघ १३, बिहिबार,२०७८-
बैतडी बैतडीको जनसंख्या २,४४,४०० रहेको केन्द्रिय तथ्याङ्क बिभागले जनाएको छ । महिलाको संख्या १,१५,४२६ र पुरुषको संख्या १,२८,९७४ गरी २,४४,४०० जनसंख्या रहेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
२०६८सालको जनगणना अनुसार बैतडीको जनसंख्या २,५०,८९८ रहेको थियो । पछिल्लो १० वर्षमा ०।२५ प्रतिशतले घटेर जिल्लाको जनसंख्या २,४४,४०० रहेको छ ।
जसअनुसार बैतडीको पुर्चोडी नगरपालिकामा जिल्लाका पालिका मध्ये सबैभन्दा बढी रहेको छ । पुर्चौडी नगरपालिकामा महिलाको संख्या १९,९६५ र पुरुषको संख्या १८, ७०१ गरी जम्मा जनसंख्या ३८, ६६६ रहेको छ । भने सबै भन्दा कम जनसंख्या पञ्चेश्वर गाउँपालिकामा रहेको छ । पञ्चेश्वर गाउँउपालिकामा महिलोको संख्या ९,६५० र पुरुषको८ ,१३० गरी जम्मा जनसंख्या १७,७८० रहेको छ ।
यसैगरी दशरथचन्द नगरपालिकामा १६,७३३ महिला र १५,०५३ पुरुष गरी जम्मा ३१,७८३ रहेको छ ।
डिलाशैनी गाउँपालिकामा महिलाकोस संख्या ११,८८६ र पुरुषको संख्या ११,३४७ गरी २३,२३३ रहेको छ ।
दोगडाकेदार गाउँपालिकामा महिलाको संख्या १२,७६५ र पुरुषको संख्या १०,८५४ गरी जम्मा २३,६१९ जनसंख्या रहेको छ ।
मेलौली नगरपालिकामा महिलाको संख्या ११,२६५ र पुरुषको संख्या ९,७३५ गरी जम्मा २१,००० जनसंख्या रहेको छ ।
पाटन नगरपालिकामा महिलाको संख्या १४, ९४५ र पुरुषको संख्या १३,४१५ गरी जम्मा जनसंख्या २८,३६० रहेको छ ।
शिवनाथ गाउँपालिकामा महिलाको संख्या ९,७५८ र पुरुषको संख्या ८,४८९ गरी जम्मा जनसंख्या, १८,२४७ रहेको छ ।
सिगास गाउँपालिकामा महिलाको संख्या, १२, ३२६ र पुरुषको संख्या ११, १५३ गरी जम्मा जनसंख्या २३,४७९ रहेको छ ।
यसैगरी सुर्नया गाउँपालिकामा महिलाको संख्या ९,६८१ र पुरुषको संख्या ८,५४९ गरी जम्मा पालिकाको जनसंख्या १८,२३० रहेको छ ।
जिल्ला जनगणना कार्यालय बैतडीका प्रमुख सुरेन्द्र पन्तका अनुसार यो प्रारम्भिक नतिजा रहेको र बिस्तृत नतिजा पछि आउने भएकाले थोरै घटबढ हुन सक्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.