माघ १४, शुक्रबार ,२०७८
बैतडी -शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ।
माघ १६ गते आइतबार शहीद दिवस परेकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। बिदाको दिन नगरपालिकाभित्रका सबै वडा कार्यालय, दशरथचन्द नगरपालिकाको कार्यालय बन्द रहनेछन्।
देशका अमर शहीदहरूको सम्झनामा सार्वजनिक बिदा दिइएको र भव्यताका साथ दिवस मनाउन समेत नगरपालिकाले आग्रह गरेको छ।
शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले शहीद दिवसका अवसरमा कार्यक्रम गर्ने समेत जनाइएको छ।
राणाशासनको विरोधमा उत्रिएका शहीद दशरथ चन्दलाई काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो।
विनोद सिंह विष्ट…..