मेलौलीमा हिमपात, जनजीवन कष्टकर

दिपक राज दिर्घायु
माघ २० बिहीबार,२०७८

बैतडी–मेलौलीमा हिमपात भएको छ । हिमपात सुरु भएसगै जनजीवन कष्टकर बनेको छ । मौसममा आएको परिवर्तन सँगै बैतडीको मेलौली, देहिमाण्डौ, खेड्पे लगायत वरपरका क्षेत्रमा हिमपात भएको हो।

हिमपात भएसगै अत्याधिक चिसो बढेको छ । चिसो अत्याधिक बढेका कारण यहाको नागरिकहरुले बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनु परेको छ ।

यसैगरि डडेल्धुरा, बझाङका र डोटीका पहाडी क्षेत्रमा पनि हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे, मेलौली लगायतका अन्य ठाउमा र बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ।

Leave A Reply

Your email address will not be published.