मेलौली न्यूज
माघ २६ बुधबार,२०७८
‘भ्यालेन्टाइन डे’ सप्ताहको आज तेस्रो दिन अर्थात ‘चकलेट डे। ‘भ्यालेन्टाइन डे’ सप्ताहको आजको दिनलाई पनि एकदम महत्वपुर्ण मानिन्छ। ‘भ्यालेन्टाइन डे’ आफैमा एक रोमान्टिक ‘डे’ हो। आजको दिनलाई प्रेममय दिनको रुपमा पनि लिने गरिन्छ।
आजको दिन प्रेमि प्रेमिकाहरु एकअर्कालाई चकलेट दिने गर्दछन। चकलेटले सम्बन्धलाई थप गुलीयो अर्थात मिठो मजबुद बनाउछ भन्ने बिश्वास रहेको छ।
हामिले खाने चकलेट स्वादका लागी मात्र होईन त्यसले हाम्रो स्वास्थ्य र सौन्दर्यतालाई समेत फाईदा गराउछ। बिभिन्न तथ्याङ अनुसार चकलेट खादा आफुमा भएको तनाबलाई कम गर्ने, छालालाई स्वस्थ राख्ने भन्ने पनि रहेको छ।
हुन त प्रेम दिवसको अवशरमा चकलेट खानु अनि दिनु भन्ने यो एउटा वाहना हो। पे्रम कुनै दिवसको छेक पारेर गरिने बिषय भने पक्कैपनि होइन। न यसका लागि कुनै समय र घडी नै कुर्नु पर्छ। प्रेम त स्वतः हुने कुरा हो। जब दुई जनाको मन घुलमिल हुन्छ अनि एकअर्कामा सर्मपित हुन्छन।
फेब्रुअरी १४ आउन अझै बाँकी नै छ। यद्यपी प्रेम सप्ताह भने शुरु भइसकेको छ। ७ फेब्रुअरीका दिन रोज ड मनयौ, हिजो ८ फेब्रुअरी दिन प्रपोज डे मनायौ र आज चकलेड डे मनाउदै छौ।
गुलाबको फूल दिएर प्रेम व्यक्त गर्ने दिन ‘रोज डे’ त्यसपछि प्रेम प्रस्ताव र आज प्रेमलाई अझ प्रगााढ बनाउन ‘चकलेट डे कतिले मनाई सक्यौ त कतिले मनाउदै छौ होला अनि कतिजना मनाउने तयारीमा हुुनुहुन्छ होला।
मौसम पनि रोमान्टिक। सिमसिम पानी, चिसो मौसममा आफ्नो माया गरेको मायालुको साथमा चकलेट साटा–साट गर्दै आफ्नो मायालाई अझ प्रगाढ बनाउन निकै उपयुक्त समय हो भ्यालेन्टाइन डे सप्ताहको एक महत्वपुर्ण आजको दिन।
पश्चिमा देशहरुबाट शुरु भएको प्रणय दिवस अर्थात भ्यालेन्टाईन डे मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय भएको पाइन्छ। ‘भ्यालेन्टाइन डे’ प्रेमि जोडीहरुका लागि निकै महत्पूर्ण दिन त्यसमाथि पनि जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने योजना बनाएकाहरुका लागि त झ ‘भ्यालेन्टाइन डे’ निकै उत्तम साइतको रुपमा पनि लिइन्छ।
साथै आफ्नो प्रेमी प्रेमीकालाई चकलेट दिएर आफ्नो प्रेमको सम्बन्धलाई पनि थप चकलेट जस्तो मिठास बनाउने गरिन्छ। यो पनि भन्छन की चकलेट जस्तो मिठो केहि पनि हुँदैन र प्रेम प्राप्त भए पछिको खुसी जस्तो अरु केहि पनि हुँदैन, चकलेट खाएपछि प्रेम पनि बढ्छ, त्यसैले त ‘भ्यालेन्टाइन डे’ सप्ताहमा ‘चकलेट डे’को पनि छुट्टै महत्व छ।