मेलौली न्यूज
माघ २७ बिहीबार,२०७८
प्रणय दिवस अर्थात भ्यालेनटाइन डे आउन अझै चार दिन आउन बाँकी छ। भ्यालेन्टाइन डे सप्ताह अथवा भ्यालेनटाइन वीकको आज चौथो दिन ‘टेड्डी डे’ अर्थात ‘भालु आकृतिको खेलौना’ एक आपसमा आदान प्रदान गरेर विश्वभरका युवा युवतीहरुले मनाउँदै छन।
उक्त खेलौना दिएर मनाइने हुदाँ यो दिन ‘टेड्डी डे’ का रुपमा परिचित छ। यो दिनमा आफुलो मन र मायाको अवस्था अनुसार टेड्डी अर्थात भालुको आकृती खेलौना आफ्नो प्रेमि प्रेमिकालाई प्रदान गर्नसक्नु हुनेछ।
आजको दिनलाई मनाईरहदा आफ्नो प्रेमि प्रेमिकालाई उपहार दिएर टेडी डे मनाईने गरिन्छ।
निलो टेड्डि–‘गहिरो माया–प्रेम’
यदि तपाईँको एक आपसमा गहिरो प्रेम छ भने निलो रङ्गको टेड्डी उपहार दिँदा उत्तम हुनेछ। आकाश र समुद्र निलो हुने र त्यसको कुनै सिमा नहुने हुदाँ निलो रङ्गको टेड्डी उपहार दिन भनिएको हो।
ग्रीन टेड्डी–‘म सधै कुरिरहने छु’
ग्रीन कलरको टेड्डीले ‘तिम्रा लागि सधै पर्खने छु’ भन्ने संकेत गर्छ। हरियो रङ्ग सदावहार हुने हुदाँ उत्पादनशिल, सन्तुलित, कुमारित्व रहिरहेको भन्ने हुन्छ।
रेड टेड्डी –‘तपाईँको प्रेम बारे सबै जानकार छन
लामो समय देखि प्रेममा भएको र तपाईँको प्रेम बारे घर परिवारमा सबै जानकार छन भने रातो टेड्डी उपहार दिन सक्न ुहुनेछ। रातो कलरको संकेत आगो र रगत संग हुने हुँदा जस्तै परिस्थितिमा पनि नछुट्ने संकेत हो।
कालो टेड्डी–‘लभ इज रिजेक्टेड’
यदि तपाईँलाई प्रपोज गर्ने मान्छे मन परेको छैन भने त्यो प्रस्ताव अस्विकार पनि गर्न सक्नुहुनेछ। ‘ब्ल्याक टेड्डी ’ मार्फत।
सेतो टेड्डि–‘अल रेडी बुक’
सेतो कलर शान्ति, शुद्ध र स्वच्छ आत्माको प्रतिक मानिन्छ। त्यसैले सिधा कुरा गर्नेले यो टेड्डी उपहरमा प्रयोग गर्न सक्छन। साथै पहिल्यै प्रेममा रहेकाले पनि यो टेड्डी प्रयोग गर्ने चलन हरेको छ।
सुन्ताला कलरको टेड्डी–‘प्रपोज कुर्दै’
सुन्तला कलरले शक्ति, खुसि, आनन्द, सृजनात्मक अवस्था वा सुर्योदयको रुपलाई संकेत गर्छ। यदि तपाईँलाई कसैले उक्त कलरको टेड्डी दिदैछ भने थाहा पाउनुस् कि तपाइँलाई उसले प्रपोज कुरिरहेको छ। अथवा, तपाईँलाई प्रपोज गर्नको उत्तम समय कुरिरहेको छ।
पिन्क टेड्डि–‘प्रस्ताव स्वृकार’
गुलाबी कलरको संकेत आकर्षक, नेचुरल्ली र माया बढ्दै गएको संकेत हो। यो उपहर पाउनु भो भने कहिल्यै अन्त्य नहुने मायाको समेत संकेतको गर्दै तपाईको प्रस्तावलाई स्विकार गरेको ठहर हुनेछ।
पर्पल टेड्डी–‘छिटै तपाइँसगँ जोडिने’
तत्काल स्वईकार नगरेको तर छिट्टै स्वृकार गर्ने अवस्थामा यो टेड्डी प्रदान गर्न सकिन्छ। पर्पलमा रातो र निलो रङगको सामुहिक समिश्रण पर्पल हो। यस कलरले दिगो, शक्तिशाली र आरामदायी मायाको संकेत गर्छ। तपाईँलाई यो टेड्डि प्राप्त हुदाँ थाहा पाउनुस् कि छिटै तपाइँसंग जोडिनेछन।
पहेँलो टेड्डि–‘ब्रेक अप’
पहेँलो कलरले आनन्द, खुसि र शक्तिको संकेत गर्ने भएपनि पहेँलो कलरको पहेँलो प्राप्त हुँदा सम्बन्ध बिच्छेदको संकेत हो।
ब्राउन टेड्डि–‘हार्ट ब्रोकन’
तपाईँको कुराले कसैको चित्त दुखेको छ भने ब्राउन टेड्डि–‘हार्ट ब्रोकन’उपहार दिने चलन छ।