मेलौली न्यूज
माघ २८ शुक्रबार,२०७८
आज भ्यालेन्टाइन डे सप्ताहको पाँचौ दिन अर्थात प्रमिस डे। आजको दिन प्रेमिल जोडीहरु आफ्ना प्रेमि–प्रेमिका अथवा पार्टनरसँग विभिन्न कुरामा बाचा गर्ने गर्दछन। खासमा आजको दिन प्रेममा रहेका जोडी आफ्नो जिन्दगीलाई अझ प्रगाढ बनाउन बाचा दिने गर्छन।
सबैलाई थाहा छ, एउटा प्रेममय जिन्दगीका लागि सम्मान र समझदारी यी दुई कुरा नभइ हुँदैन। भनिन्छ, सधैं खुसी र सुखी हुन सकियो भने जिन्दगीको जुनसुकै मोडमा कुनैपनि कुरा तगारो बनेर आउँदैन।
सधैं प्रेममा रहिरहनका लागि विश्वास र भावनाको कदर गर्नु आवश्यकता पर्छ। तपाई पनि आफ्नो जीवन प्रेममय बनाउन चाहनुहुन्छ भने यस्तो जीवनसाथी खोज्नुहोस् कि जसले तपाईको भावनालाई बुझ्न सकोस् सम्मान गरोस् अनि अन्तिम समयसम्म साथ देओस्।
यस्त प्रेमको खोजिमा रहेका प्रेमिल जोडीलाई आफ्ना पार्टनर सम्बन्धी बिभिन्न कुरा बुझ्न भ्यालेन्टाइन डे ले केही राहत दिएको हुन्छ। प्रमिस डे मा आफ्नो जिन्दगीको रथलाई कसरी सुन्दर र प्रगाढ बनाउने भन्नेबारे बाचा राख्न अवसर दिएको छ आजको दिनले।
आजको दिनको सही सदुपयोग गरी आफ्ना जीवन साथीलाई यस्ता कुराको बाचा दिनुहोस् कि जसले तपाईलाई तपाईको जिन्दीगर सांझिराख्न वाध्य बनाओस्।
म सधैं तपाईलाई माया गर्नेछु–
सधैं जिन्गदीको यात्रा एकनासको हुँदैन। यसमा फेर बदल भइरहन्छ। कतिपय प्रेमिल जोडी यसको शिकार हुनपुग्छन। जसले गर्दा उनीहरुको जिन्दगी नै फिक्का बनिदिन्छ। एकअर्काप्रति असमझारी र विश्वासघात बढ्दै गयो भने यसले जिन्दगीलाई नसोचेको ठाउँमा र्पुयाइ दिन्छ। त्यसैले आजको दिन तपाई आफ्ना जीवन साथीसँग जिन्गदीलाई प्राथमिकतामा दिन्छु भनेर वाँचा गर्नेहोस् ताकी तपाईहरुबीच प्रेम अझ प्रगाढ बनोस्।
कहिल्यै बदलिने छैन्–
कतिपय प्रेम जोडीहरु एकातिर रिलेसनमा रहेका हुन्छन भने अर्कोतिर दोस्रो पार्टनरको खोजिमा हुन्छन। यसले गर्दा उनीहरुको प्रेम लामो समयसम्म टिक्न सक्दैन। त्यसैले आजकै दिन तपाई आफ्नो प्रेमी वा प्रेमिकासँग कहिल्यै नबदलिने बाचा गर्नुहोस्। जसले गर्दा तपाईको जोडी बीच सधैं माया प्रेम रहि रहनेछ।
सधैं साथ दिनेछु–
जीवनमा जस्तो सुकै परिस्थित आएपनि तिम्रो साथ कहिल्यै पनि छोड्ने छैन। तिमिलाई केहि कुराको पनि आभाव हुन दिने छैन भनि बाचा गर्नुहोस्।
सल्लाहबिना कुनै कामको निर्णय लिने छैन्–
जिन्दगीमा कुनै पनि कुराको निर्णय गर्नुभन्दा पहिले आफ्नो जीवन साथीसँग सल्लाह लिँदा निकै फाइदा हुन्छ। त्यसैले सानो होस् या ठूलो जुनसुकै निणर्य लिदा या गर्दा आफनो प्रेमि प्रेमिका अथवा जिवन साथिको सहमितमा गर्नुहोस्। एक्लै कुनैपनि निर्णय नलिनुहोस्।
आमा बुबालाई सम्मान गर्नेछु–
महिला, पुरुष, अभिभावक वा उसको परिवारसँग अति नै माया हुन्छ। त्यसैले हरेक व्यक्ति यही चाहन्छ की उसको पार्टनरले आफ्नो अभिभावकलाई पनि माया गरिदेओस्। इज्जत गरिदेओस्। यसकारण यस प्रमिस डे मा आफ्नो पाट्नरलाई आफ्ना अभिभावकको इज्जत गर्नुपर्छ भनेर भन्न कन्चुस्याइ नगर्नुहोस्।
हरेक समयमा साथ दिनेछु–
कतिपय मानिस खुसीको समयमा मात्रै साथ दिने गर्छन। सानो अप्ठ्यरो पर्दा पनि आफ्नो जीवन साथीलाई छोडि दिन्छन। त्यसैले आजको प्रमिस डे मा सुखमा मात्रै होइन दुःखमा पनि साथ दिनेछु भनेर बाचा गर्नुहोस र गराउनुहोस्।