दिपक राज दिर्घायु
माघ २८ शुक्रबार,२०७८
बैतडी–मेलौलीमा आजबाट खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । मेलौली क्रिकेट क्लबको आयोजनामा मेलौली नगरपालीका–०१ मा रहेको मेलौली भगवति मन्दिरको प्राङ्गणमा खेल सुरु भएको हो ।
खेल जगतमा खेलाडीहरुको क्षमता विकासका लागि र राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागी खेलकुद र मनोरञ्जनका लागि खेलकुद आवश्यक भएका कारण खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिएको मेलौली क्रिकेट क्लबले जनाएको छ ।
प्रतियोगितामा ८ ओटा टिमको सहभागिता रहेको छ । खेल फागुन २ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिमा पहिलो हुने टिमलाई २० हजार र दोस्रो हुने टिमलाई ७ हजार पुरुस्कार तोकिएको छ । साथै बेष्ट बलर् र बेष्ट ब्याट्सम्यानलाई पनि पुरुस्कार प्रदान गरिने जनाईएको छ ।
लिग म्यच १० ओभर, सेमि फाईनल १५ ओभर र फाईनल खेल २० ओभरको हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागि टिमहरुले खान बस्नको ब्यवस्था स्वयम आफैले गर्नुपर्ने आयोजक समितिले जनाएको छ ।