मेलौली न्यूज
माघ २९ शनिबार,२०७८
यो समय प्रेमको समय हो। भ्यालेन्टाइन अर्थात प्रेम दिवस ‘भ्यालेन्टाईन वीक’ शुरु भइसकेको छ। ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेनटाइन सप्ताहको आज छौटो हग डे अर्थात अंकमाल दिवस हो।
अंकमाल न्यानो र आकर्षक भावना हो, जसले एकअर्कालाई आनन्दित बनाउछ। एउटा प्यारो अंकमालले जो कसैको दिन उज्वल बनाउन सक्छ। अंकमाल प्रेम र स्नेह व्यक्त गर्ने एक महत्त्वपूर्ण महसुस हो।
प्रेम दिवस अर्थात््त भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ। जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ। विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ। भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो। प्रेम अक्सीजन जतिकै हो। यो एकदमै अनियंत्रित पनि हुन्छ। कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन प्रेम गर्नका लागि कुनै सीमितता छैन यो त एउटा बाँच्ने आधारशिला हो।
जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला रु प्रेम दुई विपरित लिङ्घी वीचको मात्र होइन वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ। त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ। प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षो आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन। सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ।
के दिने भ्यालेन्टाईन डे मा गिफ्ट–
भ्यालेनटाइन गिफ्टको एकदमै महत्व छ। गिफ्ट भन्नसाथ बजारमा खरिद गरेका महंगा बस्तु भन्ने छैन। गिफ्ट त्यस्तो हो, जसले आफ्नो प्रेम भावना अभिव्यक्त गर्न सकियोस्। गिफ्ट त्यस्तो होस् जसमा आफ्नो प्रेम समर्पण गर्न सकियोस।
यस अवसरमा आफुले मन पराएको केटा वा केटी साथीलाई प्रपोज गर्ने गरिन्छ। हुन त अहिले गुलाब, कार्ड सँगै विभिन्न किसिमका गिफ्ट आइटम बजारमा उपलब्ध छन। त्यसमध्ये पनि यस्तो गिफ्ट उपयुक्त हुन्छ, जो अर्थपूर्ण होस्। कलात्मक होस्। तपाईले गर्ने माया सदाबहार होस्।
मानिसहरूलाई घुम्न तथा रमाउन बहाना चाहिएको छ। प्रणय दिवस पनि त्यस्तै बहानामध्ये एक हो। यो दिन प्रेममा रहेका युवायुवती तथा विवाहित जोडी घुमघाममा हुन्छन। यस्ता जोडी समय भए लामै यात्रामा समेत निस्कन्छन। समय अभाव भएका व्यस्त जोडीले समेत यो दिन केही समय एक–अर्काका लागि छुट्याउँछन।
प्रेमी जोडी तथा विवाहित जोडीहरू घुमघाममा निस्कन थालेका छन। यस्ता जोडिले विभिन्न उपहार आदान–प्रदान गर्दै यो दिनलाई स्मरणीय बनाउँदै आगामी यात्रा सुमधुर बनाउने प्रयास गर्छन। प्रणय दिवसका लागि उपहार किन्न पाइने पसलहरूमा समेत विवाहितहरूको संख्या बढ्न थालेको छ। कलेज तथा स्कुल अध्ययनरत केही विद्यार्थीले मात्र रमाइलोका लागि यो दिनलाई प्रेम अभिव्यक्त गर्न प्रयोग गर्ने गरेका छन।