मेलौली न्यूज
माघ २९ शनिबार,२०७८
बैतडी–बैतडीको एक विद्यालय तीन तारे विद्यालय सुनिश्चिता घोषणा भएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका मापदण्डहरु पूरा गरेर जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ४ मा रहेको खम्पाल आधारभूत विद्यालय बगार तीनतारे विद्यालय सुनिश्चिता घोषणा भएको हो ।
तीन तारे विद्यलाय हाम्रो शान, विद्यार्थी शिक्षक र अभिभावक सबैको स्वाभिमान भन्ने नाराका साथ बिद्यालय तिन तारे घोषण भएको हो । शिवनाथ गाउँपालिका र ग्रामिण जलस्रोत परियोजना बैतडीको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।
खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका १० ओटा सुचकहरु पूरा गेरर विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र सिह महताले बताए ।
खम्पाल आधारभुत विद्यालय तिन तारे घोषण भएसगै अब बिद्यालयमा स्वच्छ पिउने पानी सहित पर्याप्त पानीको व्यवस्था, सुरक्षीत स्थानमा बालबालिका लैँगिक अपाँगता, बातावरण मैत्री शौचालय, बातावरणिय सरसफाइ हरियालि बातावरण र स्वच्छता सुविधा, मैनावारी स्वच्छता व्यवस्थापन, सफा स्वच्छ र खाद्य पदार्थ सहितको भान्साघर, विपद् जोखीम व्यवस्थापन, प्रर्वधन र दिगोपनका लागि संस्थागत व्यवस्था र खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका मापदण्डहरु पुरा गरेपछि विद्यालय तीन तारे सुनिश्चिता घोषणा भएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना शिवनाथ गाउँपालिकाका जलस्रोत प्राविधिक सहजकर्ता ध्रुव हमालले बताए ।
कार्यक्रममा शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउद प्रमुख अतिथि, गाउपालीका उपाध्यक्ष कुस्मा चन्द विशिष्ट आतिथि रहनु भएको थियो । यसैगरि बिद्यालय तीन तारे घोषणा कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी लगायत सर्वसाधारण नागरिकरुहको सहभागिता रहेको थियो ।
कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर सम्पन्न गरिएको थियो ।