दिपक राज दिर्घायु
फागुन ०४ बुधबार,२०७८
बैतडी–मेलौलीमा खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ। माहारुद्र स्पोट्र्स क्लबको आयोजनामा यहि फागुन १२ गतेदेखि दुर्गा माबि मेलौली नगरपालीका–५ खलिगाडको प्राङ्गणमा सञ्चालन हुने कार्यक्रम संयोजक प्रेम बहादुर चँन्दले बताए।
युवाहरुको खेलकुद प्रति आर्कषण बढाउने उदेश्यले भलिबल प्रतियोगितको आयोजना गरिएको उनले बताए । प्रतियोगितमा सहभागि हुने ईच्छुक खेलाडीहरुले यहि फागुन १२ गते बिहान १० बजेसम्म टिम दर्ता गराउन क्लबले अनुरोध गरेको छ। टिम दर्ता गराउदा दुई हजार पाच सय शुल्क लाग्ने आयोजकले जनाएको छ।
प्रतियोगिताबाट प्रथम हुने टिमलाई २३,३३३ सहित ट्रफि, मेडल र प्रमाणपत्र, द्धित्तिय हुने टिमलाई १४,४४४ सहित ट्रफि, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमलाई ८,८८८ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम सयोजक चन्दँले बताए।
खेल अवधिभर खेलाडीहरुले खान बस्नको ब्यवस्था आफै गर्नुपर्ने छ। साथै प्रतियोगितमा कुमाउननी तथा देउडा गाएक सागर भण्डारी सोराडी र स्थानीय कलाकार अमर भण्डारी लगयातका बिभिन्न कलाकारहरुको मनोञ्जनात्मक बेजोड प्रस्तुति रहनेछ ।