पत्रकार महासंघ बैतडीमा सहमती, अध्यक्षमा अवस्थी चयन


फागुन ५, २०७८ बिहिबार ,
बैतडी – नेपाल पत्रकार महासंघ बैतडीको शाखाको नयाँ कार्यसमितिको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन हुनुभएको छ । १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोद सिंह विष्ट, समावेशी सहसचिवमा प्रेम ओड चयन हुनुभएको छ ।
यस्तै चारजना राष्ट्रिय परिषद सदस्य र नौजना प्रदेश परिषद सदस्य समेत चयन गरिएको छ । सदस्यता विवादका कारण गत चैतमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन ।
जिल्लामा रहेका पत्रकारका संघसंगठन९नेपाल प्रेस युनियन,समाजवादी प्रेस संगठन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर बीच भएको सहमतीका आधारमा नयाँ कार्यसमिति चयन गरिएको पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले जानकारी दिनुभयो ।
विवाद समाधानका लागि नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलको नेतृत्वमा आएको टोलीले फागुन १ गते सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्ने टुंगो लगाएको थियो । यसका साथै विवाद समाधानका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि उत्तर विष्ट पनि यहाँ पुग्नुभएको थियो ।
यसैबीच नयाँ कार्यसमितिलाई बिहीबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले पदभार ग्रहण गराउनुभयो । पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष खगेन्द्र अवस्थीले सदस्यता शुद्धिकरण अतिआवश्यक रहेकोले यो विषयलाई कडाईसाथ लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसका साथै नवनिर्वाचित पत्रकार महासंघ बैतडीको कार्यसमितिको बैठकले सदस्यता शुद्धिकरण गर्न समिति गठन गरेको छ । चन्द्रप्रकाश लोहिया९सीपी०को संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

Leave A Reply

Your email address will not be published.