मेलौलीमा सपोर्ट सोसाईटीद्धारा एम्बुलेन्स सेवा सञ्चालन

मेलौली न्यूज
फागुन ०७ शनिबार,२०७८

सपोर्ट सोसाईटी नेपाल नामक संस्थाले मेलौलीमा नयाँ सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सस्थाले स्वच्छिक चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । देश तथा विदेशबाट उठेको रकमबाट तथा नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसी,स्वास्थ्यकर्मी सहितको सुविधा सम्पन्न एम्बुलेन्स खरिद गरि आजबाट सञ्चालनमा ल्याएको हो ।

२०७७ चैत्र बाट थालिएको अभियान मार्फत १३ लाख ८० हजार सङ्कलन भएको र १३ लाख ३० हजारको लागतमा एम्बुलेन्स खरिद गरिएको सपोर्ट सासाईटी नेपालका सचिव दशरथ सिंह नायकले बताए ।

अभियान थालनी भएको छोटो अवधिमै उलेख्य रकम सङ्कलन गर्न सफल भएको र आजबाटट एम्बुलेन्स सेवा शुभारम्भ गरेको उनले बताएका छन।

बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महङ्गो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पताल सम्म जानुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका नायकले बताए। एम्बुलेन्स सेवा सञ्चालन अभियानले ग्रामीण भेगका सबै जनताहरुलाई सहज हुने बिश्वास गरिएको छ।

मेलौलीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन। आपतको घडीमा सवारी नपाउने अवस्था रहेकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि समयमै अस्पतालसम्म जान सहज हुने स्थानीय रुवी नायकले बताईन ।

एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायकले सामाजिक सेवामा सपोर्ट सोसाईटी नेपालले खेलेको भुमिका र सक्रियताको प्रशंसा गर्दै एम्बुलेन्स सेवा सञ्चालन उदाहरणीय काम भएको बताएका छन ।

Leave A Reply

Your email address will not be published.