मेलौलीमा मानसिक स्वास्थ्य शिविरबाट ५६ जनाले सेवा लिए

मेलौली न्यूज
फागुन ०९ सोमबार,२०७८

बैतडी–मेलौलीमा मानसिक स्वास्थ्य सेवा बिशेषज्ञ शिविरबाट ५६ जनाले सेवा लिएका छन । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा केशरपूर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा सम्पन्न शिविरबाट ३१ जना महिला र २५ जना पुरुषले गरी ५६ जनाले सेवा लिएका हुन।

प्रत्येक वर्ष स्वास्थ्य कार्यालयले मानशिक स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस वर्ष मेलौली नगरपालिकामा मानशिक स्वास्थ्य विशेषज्ञ शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

ग्रामीण क्षेत्रका नागरिकहरुलाई उनीहरुकै घर नजिकै सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताइएको छ । स्थानीयस्तरमै सेवा पाएपछि नागरिक पनि खुसी भएका छन । गत वर्ष पाटनमा दुई चरणमा मानशिक स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.